Logo

मितेरी हस्पिटलमा पहिलो पटक कोभिड अस्पताल क्याविन सहितको संचालनमा

Samachar Rekhanews १३ जेष्ठ २०७८, बिहीबार १५:४५ मा प्रकाशित

(सागर थापा)
दाङ । मितेरी हस्पिटल दाङले कोभिड विरामीहरुलाई मध्यनजर गर्दै छुटै कोभिड अस्पताल क्याविन सहितको संचालनमा ल्याएको छ।
कोरोना संक्रमितहरुको चाप दिनानु दिन बढ्न थालेपछि अस्पतालले आफ्नै कोभिड अस्पताल संचालनमा ल्याएको हो।

मितेरी अस्पतालले नजिकै रहेको खाली घरलाई कोभिड अस्पताल संचालन गरेको । मितेरी अस्पताल दाङका संचालक माधव भण्डारीले जानकारी दिनुभएको छ । बुधबारदेखि हस्पिटलमा रहेका ८ जना संक्रमितलाई कोभिड अस्पतालमा सारिएको संचालक भण्डारीले बताउनु भयो।

मितेरी हस्पिटलले कोभिड बिरामीलाई बसेवापत प्रतिबेड रु १ हजार देखि १५ सय सम्म लिने निणर्य गरेको संचालक भण्डारीले भन्नुभयो । नगरपालिकाले समन्वय गरे हामी विरामीलाई निशुल्क उपचार गर्न तयार छौं भण्डारीले भन्नुभयो, कोभिडका विरामीकै लागि भनेर हामीले छुटै टिमनै बनाएका छौं त्यो खर्च पूर्ति गर्न सामान्य शुल्क लिनैपर्छ’

मितेरी हस्पिटलले कोभिड अस्पताल आइसोलेशन सेन्टर संचालन गर्न थप २० वटा नयाँ अक्सिजन सिलिन्डर समेत खरिद गरेको छ। जिल्ला प्रशासन दाङले निजि अस्पताललाई अक्जिसन रिफिल गर्ने व्यवस्था सहज नबनाउदा आफ्नो हस्पिटलमा रहेका कोभिड विरामीलाई एक्सिजनको व्यवस्थापन गर्न कठिनाइ भइरहेको संचालक भण्डारीको गुनासो छ। प्रशासनले कोभिडका विरामीलाई उपचार गराईरहेका सबै निजि अस्पतालहरुलाई सहजै अक्सिजन उपलब्ध गराउनुपर्ने उहाँको माग छ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?