
बाँके जेठ ४ गते ।
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले नेपालगन्ज मेडिकल कलेजलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। कोरोना भाइरस महामारीमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई लक्ष्ति गरेर माक्स, टोपी, सेनिटाइजर लगायतका सामाग्री प्रदान गरिएको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले जानकारी दिनु भयो ।
कोब्जिड वार्डमा खटिने स्वास्थ्यकर्मीको सुरुक्षाका लागि सहकारीले स्वास्थ्य सामाग्री प्रदान गरेको अध्यक्ष कुरेशीको भनाई छ । बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले आज एक कार्यक्रमका बिच
मेडिकल कलेज नेपालगञ्जका सहायक निर्देशक डाक्टर रोमान किदवाईलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै डा. किदवाईले महामारीमा पाएको उक्त सामग्रीले ठूलो सहयोग पुर्याएको बताउनु भयो। उहाँले स्वास्थ्यकर्मी र कर्मचारीहरु आफ्नो ज्यानको प्रबाह नगरि बिरामीको उपचारमा खटिएको बताउनु भयो।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत कर्मचारी र कोभिड वार्ड्मा काम गर्ने नर्सहरुलाई सर्जिकल टोपी ८०० पिस, सर्जिकल माक्स ८०० पिस, एन नाइन्टी फाइप माक्स १६० पिस, सर्जिकल पन्जा १३० पिस र सेनिटाइजर १६० पिस प्रदान गरिएको हो ।
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशी, सचिब बदरुद्दुजा खाँ, संस्था का शुभेच्छुक सफिक अहमद सिद्दिकी, मजहर अली साईको सहयोगमा स्वास्थ्य सामग्री वितरण गरिएको हो।