Logo

मेरो वडावसीको सुखद भबिष्य हो”-वडाअध्यक्ष पदका उम्मेद्वार सिंह

Samachar Rekhanews १६ बैशाख २०७९, शुक्रबार २०:१७ मा प्रकाशित

बैशाख १६ / नेपालगन्ज,
आउँदो बैशाख ३० गते हुन गैरहेको स्थानिय तहकोे निर्वाचन नेपाल क्मुनिष्ट पार्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ अध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएसंगै प्रचार प्रसारमा तिव्र पारिएको छ ।

नेकपा नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ मा वडाअध्यक्ष पद्का उम्मेद्वर सिंहले पछिल्लो समय जनताको ढुकढुकीमा बस्न सफल भएको वडाअध्यक्ष पदका उम्मेद्वार सिंहले जनताको साथ सहयोगले वडाअध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभयो ।

अध्यक्ष पदमा मेरो टिम आयो भने स्वास्थ्य, शिक्षा र सरसफाइ पहिलो प्रथामिकतामा पर्ने उहाँले बताउनुभयो । वडाका जनता स्वास्थ्य रहेमा मात्र वडालाइ बिकास गर्न सकिन्छ । वडाको जनतानै स्वस्थ नभए वडाको बिकासले मात्रपनि केही औचित्य राख्दैन तसर्थ वडामा सरसफाई, शिक्षा र स्वास्थ्य अनिवार्य रहेको उहाँले बताउनुभयो ।

वडाबासीका लागि म सदैब वडाको बिकासमा ईमानदारी पुर्वक काम गर्ने छु सिंहले भन्नुभयो ।

म आफ्नो स्वार्थ पुर्ति गर्न कहिले पनि जनताको प्रयोग गर्ने छैन मेरो स्वार्थ भनेकै मेरो वडावसीको सुखद भबिष्य हो उहाँले बताउनुभयो ।

वडामा स्वास्थ्य, सरसफाइ, शिक्षा, खानेपानी, खेलकुद, विजुली बत्ति, मठमन्दिर पहिलो प्राथमिकता दिएर वडालाई बिकासमैत्री वडा बनाएर देखाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?