Logo

मोहरर्मको ५ औं दिन राती १२ बजे त्रिभुवन चौकमा ढोल मिलान बाजागाजा सहित जुलुस

Samachar Rekhanews ९ श्रावण २०८०, मंगलवार ०१:०९ मा प्रकाशित

नेपालगन्ज / मोहरर्म पर्वका अवसरमा नेपालगन्जको विभिन्न स्थानबाट बाजागाजा सहित हुसैनी जुलुस निकालिएको छ । मुस्लिम धर्मावालम्बीहरुले मोहरर्म महिनाको ५ औं दिन आज (सोमबार) कर्बलाको झ्याकी, आलम तथा बाजागाजा सहित ढोल मिलान गरिने भएका छन ।

शहीदहरुको सम्झना स्वरुप मनाइने मोहर्म महिनाको भोली छैंठौ दिन साउन ९ गते मंगलबार राती १२ बजेपछि मेंहदी जुलुस, आलम, तथा बाजागाजा सहित मेंहदी मिलान सहितको हुसनी जुलुस निकालने तयारी गरिएको केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारसीले जानकारी दिए ।

यस्तै बुधबार साउन १० गते मोहरर्मको ७ औं दिन अलम मिलान, महतम, सहित हुसैनी जुलुस निकालिने कार्यक्रम रहेको छ । यसैगरी बिहिवार साउन ११ गते ८ औं दिन हुसैनी जुलुस परिक्रमा गरि आलम मिलान पश्चात् जनज़ीरको महतम, आगोको महतम लगायतका कार्यक्रम गरिने वारसीले बताए ।

सो पर्वमा साउन १२ गते शुक्रबार ९ औं दिन आफ्नो घर अगाडी ताजिया राखि रातभरी दुरुद फातिहा गरि मनाउने त्यसको भोलिपल्ट मोहरर्मको आसुरा अर्थात १० औं दिन ताजिया बिसर्जन कार्यक्रम गरि समापन गरिने छ ।

इराकस्थित कर्बलामा युद्धका दौरान शहादत प्राप्त गरेको शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस मोहरर्म पर्व मनाइने गरिएको धर्मिक अगुवाहरु बताउँछन् । स्मरणीय रहोस् मुस्लिम समुदायसँगै हिन्दु धर्मावलम्बीहरुले समेत यो पर्वलाई मनाउँदै आएका छन ।

मोहरर्मको ५ औं दिन राती १२ बजे त्रिभुवन चौकमान ढोल मिलान बाजागाजा सहित जुलुस

लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?