Logo

मोहर्रमको ठिक ४० दिनपछि मनाइने चहल्लम पर्व शनिवार सम्पन्न

Samachar Rekhanews २३ भाद्र २०८०, शनिबार २१:०६ मा प्रकाशित

२३ भाद्र, नेपालगञ्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको ठिक ४० दिनपछि मनाइने चहल्लम पर्व शनिवार सम्पन्न भएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइने गरिन्छ । मोहर्रम पर्वको ठिक ४० दिनपछि चहल्लम पर्व मनाउने परम्परा रहेको छ ।
पर्वको अवसरमा शुक्रवार राती स्थापित गरिएका ताजियाहरु विभिन्न धार्मिक अनुष्ठानपछि बाजागाजा, मातम तथा विभिन्न झाँकी प्रदर्शन सहितको जुलुसका साथ शनिवार फुल्टेक्राको कर्बला मैदानमा लगेर विसर्जन गरिएपछि चहल्लम पर्व सम्पन्न भएको हो ।

मोहर्रमको ठिक ४० दिनपछि मनाइने चहल्लम पर्व शनिवार सम्पन्न

लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?