Logo

युथ टुडे न्युजका कार्यकारी सम्पादक सिद्दिकीको निधन

Samachar Rekhanews २० असार २०७८, आईतवार २३:०७ मा प्रकाशित

बाँके । युथ टुडे न्युजका कार्यकारी सम्पादक मोबिनुद्दिन सिद्दिकीको हृदय घातका कारण निधन भएको छ ।

उपचारका लागि मेडिकल कलेज नेपालगञ्जमा पुग्ने बित्तिकै कार्यकारी सम्पादक मोबिनुद्दिन सिद्दिकी निधन भएको अस्पतालले जनाएको छ ।

सिद्दिकीको निधनले युथ टुडे न्युज परिवारलाई ठुलो क्षति भएको सम्पादक आलम खानले उल्लेख गर्नु भएको छ ।

सिद्दिकी नेपाल पत्रकार महासंघ बाँके साधारण सदस्य, मुस्लिम पत्रकार क्लबका सदस्य, प्रेस संगठन बाँकेको सदस्य समेत रहनु भएको थियो ।

यस्तै सिद्दिकीको निधन प्रति नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले दुख व्यक्त गर्दै एउटा असल, निष्पक्ष पत्रकारिता गर्ने होनहार व्यक्ति गुमाएको उल्लेख गरेका छन् ।

सिद्दिकीको अन्त्यष्टि सोमबार १ बजे पछि इस्मालीक संस्कार अनुसार नेपालगन्ज मुस्लिम  कब्रिस्तानमा गरिने परिवारले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?