Logo

युनियन बाँकेको तीज महोत्सव सम्पन्न, लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत

Samachar Rekhanews २८ भाद्र २०८०, बिहीबार २१:५५ मा प्रकाशित

२८ भाद्र, नेपालगन्ज । नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ । तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलो पटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो । प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष नीशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य आशा विकको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन मासिक पत्रिकाको समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विक, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीसहितका अथितिहरुले पत्रिकाको संयुक्तरुपमा विमोचन गरे ।
युनियनको आफ्नो पहिलो अंक तीज विशेष बनाएर प्रकाशन गरेको छ । प्रत्येक महिना अवदेखि युनियनले आफ्नै मासिक पत्रिका प्रकाशन गर्ने सम्पादन मण्डलका सदस्य समेत रहेका युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले जानकारी दिए ।
तीज महोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य विकले शाखाले तीज पर्वलाई मौलिकतासँगै महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर महिला पत्रकारहरुलाई पत्रकारिता तर्फ प्रेरित गरेको बताइन् । लेखनसीपको विकास गर्दै महिला पत्रकारलाई व्यवसायिकतासँग जोड्न सकियो भने पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति बलियो बनाउन सकिने उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य विकले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी नहुने बताइन् ।
यस्तै लुम्विनी प्रदेशसभा सदस्य सञ्जु थारुले प्रेस युनियन बाँके शाखाले महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर नयाँ सन्देश प्रवाह गरेको भन्दै खुसी व्यक्त गरिन् ।
यस्तै अर्का प्रदेश सभा सदस्य माया पुनले प्रेस युनियनले गर्ने संस्थागत सहकार्यका लागि आफु सधैव तयार रहेको बताइन् ।
यस्तै अर्का प्रतिनिधि सभा सदस्य सुशिला नेपालीले प्रेस युनियनले सबैको आवाजलाई समेट्न सकोस् भन्ने सुभकामना व्यक्त गरिन् । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले प्रेस युनियनसँग स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै त्यसका लागि आफु सकारात्मक रहेको बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेश सभाका सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरी, पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य अञ्जु न्यौपाने लगायतले आ आफ्नो धारणा राखेका थिए । नेपाल प्रेस युनियन बाँकेका शाखाका अध्यक्ष प्रियास्मृति ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शाखाका सहसचिव माया अधिकारीले गरेकी थिइन् ।
लेखनवृत्ति प्रतियोगितामा रजनी योगी प्रथम, सरला सुवेदी द्धितिय, सावित्री विश्वकर्मा तृतिय र शिवानी विक सान्त्वना भइन् । प्रथम हुने योगिले रु ५ हजारसहित प्रमाणपत्र, द्धितिय हुने सुवेदीले रु ३ हजारसहित प्रमाणपत्र, तृतिय हुने विश्वकर्माले रु २ हजारसहित प्रमाणपत्र र सान्त्वना हुने विकले रु १ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छनौट समितिका संयोजक उमा थापा मगरले जानकारी दिइन् ।

युनियन बाँकेको तीज महोत्सव सम्पन्न लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत

लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?