Logo

युनेस्कोद्धारा बर्दियामा ‘छोरी शिक्षाका लागि एक रुपियाँ’ अभियान सञ्चालन

Samachar Rekhanews २४ भाद्र २०७८, बिहीबार १६:३६ मा प्रकाशित

नेपालगञ्ज, भदौ २४
बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकामा ‘छोरी शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरेको छ ।

सो अभियान सञ्चालनका लागि क्लबले बर्दियाका गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा रहेका १७ जना परिवर्तनका संवाहक युवाहरुलाई जिल्लास्तरीय नेतृत्व विकास तथा अभियान सञ्चालन सम्बन्धि दुई दिने तालिम बढैयातालमा दिएको छ ।

क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।

उक्त अभियान अन्तर्गत बर्दियाका चारवटै पालिकामा परिवर्तनका संवाहक ती युवाहरुले विभिन्न व्यवसायी तथा अन्य सर्वसाधारणबाट रकम संकलन गरेर अति विपन्न र गरिब बालिकाको स्टेसनरी, पोशाक र अन्य खर्चका लागि उपलब्ध गराउने क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

सो अभियानलाई आ आफ्नो पालिकामा गएर सञ्चालन गरि बढी भन्दा बढी रकम संकलन गरेर विपन्न र गरिब बालिकाको शिक्षाका लागि खर्च गर्ने तालिममा सहभागि बाँसगढीका परिवर्तनका संवाहक युवा सन्दीप पौडेलले बताउनुभयो ।

उक्त अभियानमा बढी भन्दी बढीलाई सहभागि गराएर छोरी शिक्षाका लागि रकम संकलन गरेर उनिहरुलाई सहयोग गर्ने तालिममा सहभागि बाँसगढीकै अर्का संवाहक गोविन्द रानाले बताउनुभयो ।
बुधवार र विहिबार सञ्चालन गरिएको नेतृत्व विकास तथा अभियान सञ्चालन सम्बन्धि दुई दिने तालिमको सहजीकरण सहजकर्ता निरज न्यौपानेले गर्नु भएको थियो ।

अभियान सञ्चालनका लागि तालिममा सहभागि हुनु भएका परिवर्तनका १७ जना संवाहकहरुले यातायात खर्च वापत पाउनु भएको रकम मध्ये केही रकम जम्मा गरेर ३ हजार ५०५ रुपियाँ संकलन गर्नु भएको छ ।
सो रकम पनि छोरी शिक्षाका लागि खर्च गरिने तालिममा सहभागि रानाले बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?