Logo

युनेस्को बाँकेद्धारा मानवबेचविखन रोकथामका लागि नेपालगञ्जमा अन्तरपुस्ता सम्वाद सम्पन्न

Samachar Rekhanews ७ आश्विन २०७८, बिहीबार १९:२५ मा प्रकाशित

नेपालगन्ज, ७ असोज
बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्जमा विहीवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गर्दै ती समस्या तथा सवालहरुमा जिम्मेवार निकायहरुको ध्यानआकर्षण गर्नका लागी सो सम्वादको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले कार्यक्रमको अध्यक्षता गर्दै यस्ता कार्यक्रमले वडा तहमा मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा उनिहरुका समस्याहरुका बारेमा सबैलाई जानकारी गराउन र समाधान गर्न सहयोग गर्ने बताउनुभयो ।

सोही प्रकारले कार्यक्रमका सहजकर्ता महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले सम्वाद कार्यक्रमले मानवबेचविखन रोकथामका लागि सबैको धारणामा एकरुपता ल्याउनुका साथै बालबालिका र युवाका अन्य समस्याका बारेमा पनि छलफल गर्ने अवसर दिएको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमाल, वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदी, शिक्षा शाखा प्रमुख गोरख बहादुर थापा, स्वास्थ्य शाखाका शितला खड्का, महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलसरा राना, प्लान इन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत सन्तोष पुलामी लगायतले पनि मानवबेचविखन रोकथामका लागि सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।

सो कार्यक्रममा वडा सदस्यहरु, स्थानीय बालअधिकार समितिका पदाधिकारी र सदस्यहरु, परिवर्तनका संवाहक युवा, बाल क्लब र किशोर किशोरी क्लबका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा जीम्मेवार निकायद्धारा मानव बेचबिखन नियन्त्रण, बालबालिका र युवाका सरोकारहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाइएको बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना संयोजक महेश नेपालीले बताउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?