Logo

युनेस्को बाँके र प्लानद्धारा अपाङ्गता भएकी किशोरीलाई विद्यालय जान ट्राइसाइकल वितरण

Samachar Rekhanews १८ चैत्र २०७९, शनिबार १३:०९ मा प्रकाशित

१८ चैत, नेपालगञ्ज । शारीरिक रुफल अशक्त भै घरबाट विद्यालय जान नसक्ने भएकी बर्दिया गुलरियाकी अपाङ्गता भएकी एक किशोरीलाई बाँके युनेस्को क्लबले ट्राइसाइकल बितरण गरेको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह, चाडै विवाह र जबर्जस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत वडा नम्बर ८ गुलरियाकी अपाङ्गता भएकी सरस्वती चौधरीलाई ट्राइसाइकल प्रदान गरियो ।
गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीले चौधरीलाई संयुक्त रुपमा ट्राईसाइकल हस्तान्तरण गरे ।
शारीरिक अपाङ्गताको कारण सरस्वतीलाई विद्यालय जान असहज भएको जानकारी प्राप्त भए लगत्तै बाँके युनेस्को क्लवको पहलमा प्लान इन्टरनेशनल नेपालले सो ट्राईसाईकल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक सिद्दिकीले बताए ।
सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले प्लान नेपाल र बाँके युनेस्को क्लवलाई गुलरियाको विकासको साझेदारको रुपमा हेरिएको जनाउँदै सहकार्य निरन्तर जारी रहने जनाउँदै ट्राईसाईकल उपलब्ध गराएकोमा धन्यबाद दिए ।
अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच बढाउनु र विशेषगरी किशोरीहरूको शिक्षालाई निरन्तरता दिई गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि सरस्वतीलाई ट्राइसाइकल उपलब्ध गराइएको प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीले बताइन् ।
सो अवसरमा गुलरिया नगरपालिका वडानम्बर ६ का वडा अध्यक्ष सुदामशुप्रकाश शर्मा, गुलरिया नगरपालिकाका महिला तथा बालबालिका प्रमुख शीला शाह, बाँके युनेस्को क्लवका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम संयोजक महेश नेपाली, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी र पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादवप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।
शाररिक रुफल अशक्त रहेकी सरस्वतीले ट्राइसाइकल पाएपछि खुशीले गदगद हुँदै अब आफुलाई घरबाट विद्यालय जान र अन्य आवश्यक कामका लागि बाहिर निस्कन सहज हुने बताइन् । उनले अब आफु पनि अरुजस्तै बजार र गाउँघरमा सहज रुपमा पुग्न सक्ने हुँदा निकै राम्रो लागेको बताइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?