Logo

युवकको दुर्घटना मृत्यु पछी अबरुद्ध घोराही लमही सडक ६ घण्टा पछि खुलेयो

Samachar Rekhanews ९ फाल्गुन २०७८, सोमबार १७:०७ मा प्रकाशित

(सागर थापा)
दाङ । सोमवार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं.३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आफन्त तथा स्थानीयले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै घोराही–लमही सडकखण्ड अवरूद्ध गरेका थिए ।

उक्त सडक करिब ६ घण्टा पछि खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

उनले कानुन अनुसार दोषीलाई कारवाही गर्ने र सोही अनुसार मृतकका परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउने सहमतिमा अबरुद्ध सडक खुलाइएको दाङ प्रहरीले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?