Logo

युवा लक्षित कार्यक्रम माग्दै जानकीका युवाले पालिकामा बुझाए ज्ञापनपत्र

Samachar Rekhanews २८ पुष २०७९, बिहीबार २३:४६ मा प्रकाशित

बाँके पुस २८ गते ।
बाँकेको जानकी गाउँपालिका युवाहरुले युवा लक्षित कार्यक्रम माग्दै ज्ञापनपत्र बुझाएका छ्न । वडा नम्बर एकदेखि ६ सम्मका युवाहरुले ज्ञापनपत्र बुझाएका हुन । सन्तोष कुमार वि.क, चित्र बहादुर सुनार, टेक बहादुर वि.क. (निशान), दिपेन्द्र बहादुर खत्री, सरगम विश्वकर्मा, बन्सिलाल रजक (धोबी)लगायतको युवाको समूहले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ–ञ हामी जानकी गाउँपालिकाको स्थानिय बासिन्दा र यहाँको कर्मठ तथा जुझारु युवाहरुको रुपमा विगत समय देखि मानव अधिकार, तथा खेलकुद र अन्य सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएका एक सामाजिक अभियान्ता समेत रहेको हुँदा हामी संयुक्त रुपमा यस क्षेत्रमा १ देखि ६ सम्मको युवाहरुलाई समेट्ने खालको कुनै परियोजना गाँउपालिकाले नबनाएको र चरम सिमा भन्दा बाहिर गई कर्मचारी भर्ति गर्ने र कहि कतै नभएको व्यवस्था यहाँ लागु भएको तथ्य हामीले पाएको हुँदा तपाई यस स्थानिय तहको प्रमुखको ऋयलअभचलक तुरुन्त यी विषयमा ध्यानकार्पण गरि प्रमूख प्रशासकिय अधिकृतको पि. ए. कहाँ र कसरि नियुक्त गरियो ? स्थानिय समाचार सकंलन दातालाई हटाई स्थानिय निकाय भन्दा बाहिरबाट कसरी स्थानिय प्रेस सल्लाहाकार नियुक्त गरियो? यसमा गम्भिर रुपमा ध्यानकार्पण गराउदै अब उप्रान्त हाम्रो यस क्षेत्रमा रहेको सामाजिक संस्था जस्तै यूवा क्लब, सहकारी र गैर सरकारी सस्थालाई समेत भर्खरै भएको जानकी गा.पा.को गाँउ सभामा नबोलाएको कारण समेतलाई ध्यानकार्पण गर्दै हामीले पहिलो शान्तिपुर्ण ज्ञापन पत्र बुझाउने सल्लाह अनुसार तपाईलाई यो ज्ञापन पत्र बुझाएको छौ । उनिहरुले माग सम्बोधन नभए जानकी गाउँपालिकाको आर्थिक लेखा परिक्षण तथा योजना अनुगमण गर्ने, शान्तिपूर्ण विरोध जुलुस तथा कोण सभा कार्यक्रम गर्ने र जानकी गाँउपालिकाको कार्यालय घेराउ कार्यक्रम गर्ने चेतावनी दिएका छ्न।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?