Logo

युवा संघको महाधिवेशनले नेपालगञ्जलाई चिनाउने छः संयोजक खेमराज शर्मा

Samachar Rekhanews २६ चैत्र २०७९, आईतवार १९:३० मा प्रकाशित

२६ चैत्र, नेपालगञ्ज । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगञ्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशने नेपालगञ्जलाई चिनाउने बताएका छन् ।
लुम्बिनी प्रदेशको बाँके पहिलो पटक भईरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिले नेपालगञ्जलाई प्रत्यक्ष अनुभूति गर्नुका साथै सामाजिक सञ्जालबाट गरेको प्रचार प्रसारले नेपालगञ्ज यतिबेला देशभर चिनिएको उनको भनाई छ ।
भोली चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुईहजार बढि प्रतिनिधिलाई खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन आफुहरु दिनरात खटिएको शर्माले बताए ।
युवा संघ बाँकेको नेतृत्व र प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य सम्म पुगेका प्रदेश संयोजक शर्माले नेपालगञ्जमा संघको केन्द्रीय महाधिवेशन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गरे ।
महाधिवेशनलाई भव्यतापूर्वक सफल बनाउन नेकपा (एमाले) पार्टीसँग समन्वय गरेर तयारीका काम भईरहेको जानकारी दिदै संयोजक शर्माले भने, ‘लुम्बिनी प्रदेशको नेपालगञ्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने कुरामा कुनै कमी हुन दिईने छैन ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहमा दशौं हजार जनता सहभागी हुने गरी कार्यक्रम तय भएको उनको भनाई छ ।
महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसात गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उनको विश्वास छ ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?