
बाँके असार २ गते ।
युवा संघ नेपाल लुम्बिनी प्रदेशले सरकारसंग तत्काल राहत र उद्दारको लागि कार्य गर्न अपिल गरेको छ ।बिगत केही दिन देखि देशभर अबिरल परेको बर्षाको कारण जनधनको क्षती भएको भन्दै राहत र उद्दारमा जुटन संघले आग्रह गरेको हो ।
युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जनताको गाँस बास, कपास र सुरक्षित स्थानमा स्थानान्तरणको कार्यमा सरकारले छिटोभन्दा छिटो उचित कदम चाल्न सरकार समक्ष अनुरोध गरेका छन् ।
बिज्ञप्तिमा अगाडी लेखिएको छ, ‘यस बर्षको मनसुन सुरु भए संगै बिगत केहिदिने देखी परिरहेको अविरल बर्षाको कारण देशभरका कयौं जिल्लाहरु संगै लुम्बिनी प्रदेशका अधिकाश जिल्लाहरूमा बाढी पहिरोको कारण जनधनको क्षती भएको घटनाले युवा संघ नेपाल लुम्बिनी प्रदेशलाई स्तब्ध पारेको छ ।’
त्यस्तै युवा संघ नेपाल लुम्बिनी प्रदेशले प्राकृतिक बिपत्तिमा विपतमा परेका जनसमुदायको उद्दार, राहत संकलन र वितरणमा आ-आफ्नो स्थान देखि लागि पर्न सबै युवा शक्तिलाई आव्हान समेत गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ , युवा संघ नेपाल संग आस्था राख्ने सम्पुर्ण युवा साथिहरु र युवा संघका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुमा यस प्राकृतिक बिपत्तिमा विपतमा परेका जनसमुदायको उद्दार तथा राहत संकलन र वितरणमा आआफ्नो स्थान देखि लागि पर्न युवा संघ नेपाल लुम्बिनी प्रदेश आग्रह गरेको छ।