Logo

युवा समाजसेवी अजिज मलिकको प्रशंसनीय कार्य

Samachar Rekhanews २७ जेष्ठ २०८०, शनिबार १५:४९ मा प्रकाशित

२७ जेठ, नेपालगन्ज । यतिखेर सम्पूर्ण देश भिषण गर्मीको चपेटामा छ । तराई क्षेत्रमा त गर्मीले रेकर्ड नै ब्रेक गरेकोछ। अत्यधिक गर्मीका कारण सर्वसाधारण घरबाट बाहिर निस्कने गरेका छैनन्। तर नभई नहुने काम भएपछि सर्वसाधारण घरबाट बाहिर निस्कने गरेकाछन्। त्यस्ताहरुका लागि नेपालगन्जका युवा समाजसेवी अजिज मलिक अहिले सक्रिय भएर अघि बढेका छन्। उनले अन्य सहयोगी युवाहरुको साथमा नेपालगन्जको त्रिभुवन चोक र बीपी चोकमा शनिवार चिसो पिउने पानी वितरण गरेका छन्। उनको यस कार्यको अहिले सर्वत्र प्रशंसा भइरहेको छ। यस्तो कार्यको अनुशरण अहिले सबैले गर्नुपर्ने बुद्धिजीवीहरूको भनाइ रहेको पाइएको छ। तातो हावा र लू बाट विपन्न वर्गका मानिसलाई निजात दिलाउन सबैले यस्तो कार्यको अनुशरण गर्नुपर्ने अधिकांशको राय रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?