Logo

राजनीति भन्दा माथी उठेर जनताको सेवा गर्नेछौ सासदद्वय ढकाल र चौधरी

Samachar Rekhanews १३ मंसिर २०७९, मंगलवार २३:२९ मा प्रकाशित

सरला सुबेदी
बाँके ।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट निर्वाचित भए लगत्तै मतदाताहरु माझ धन्यवाद ज्ञापन गर्न हिडेका प्रतिनिधि सभा सदस्य सुर्य ढकाल र प्रदेश सभा सदस्य दुर्गा प्रसाद थारु आ आफ्नो क्षेत्रका सम्पुर्ण वडा र टोल टोलमा पुगेका छन् ।

मङ्गलबार कोहलपुर नगरपालिकाको वडा नम्बर ९,१०,११,१४,१५ र १२ नम्बर वडामा गरिएको कोण सभामा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले आफ्नो क्षेत्रका मतदातालाई धन्यवाद दिदै मतदातालाई आलोचना र टिकाटिप्पणी गर्ने ठाउँ दिने छैन भन्दै मतदाताहरुलाई आफुलाई काम गराउने र काम लगाउन अनुरोध गर्दै जब हजुरले दिएको काम गर्दैनौ तब हाम्रो आलोचना र टिकाटिप्पणी गर्नु होला नत्र काम नलगाई काम नै नदिई केही गरेन भनेर आलोचना र टिकाटिप्पणी नगर्नुहोला भनेर भनेका छन् ।

ढकालले आफुले अबका पाँच बर्षमा तीन वटा मुख्य काम गर्ने बताएका छन् । पहिलो काम राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका खेल्दै निति निर्माण तहमा हस्तक्षपकारी भुमिकामा आफु उत्रने दोस्रो काम बिकासका योजना सबैभन्दा बढी आफ्नो क्षेत्रमा ल्याउन बिशेष पहल गर्ने र तेस्रो काम भनेको जनता सङ्ग आफ्नो सम्बन्ध पानी र माछा एवम् नङ र मासु जस्तै बनाउदै लैजाने बताएका छन् । उनले चप्परगौडिबाट घुईयाबारी सल्यान जोड्ने बाटो बनाई कोहलपुरका जनतालाई घुईयाबारी पिकनिक खान जाने र यस ठाउँ देखि घुईयाबारीलाई पर्यटन मार्गको रुपमा बिकास गर्ने बताएका छन् ।
यस्तै प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले यस क्षेत्रको बिकासका लागि आफू नबदलिने तर यस ठाउँलाई बिकास गरेर बदल्ने अठोट गरेका छन् । उनले विकसित शहर र समृद्ध गाउँ बनाउने योजना आफुसङ्ग भएको बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?