
सरला सुवेदी
बाँके । नेकपा एमालेका तर्फबाट बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामदास थारुले राप्तीसोनारी गाउँपालिका जनताले झेल्दै आएका समस्या सम्बोधनका लागि आफु प्रतिबद्ध रहेको भन्दै स्थानीय जनतासङ्ग सहयोगका लागि अपील गरेकाछन् ।
आइतबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा गरिएको घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वडा नम्वर–७ राप्तीनदीको कटान, डुवानबाट पीडित रहेको भन्दै यसको दीर्घकालिन समस्या समाधानका लागि स्थायी तटबन्धको व्यवस्था गरिने बताए ।
अध्यक्ष पदका उम्मेदवार रामदास थारुले म लगायत नेकपा एमालेका सम्पुर्ण उम्मेदवारलाई निर्वाचित गराए सम्बृद्ध गाउँपालिका बनाउने आफ्नो अनि एमालेले बुनेको समृद्ध राप्तिसोनारी गाउँपालिकावासी, सुखी राप्तिसोनारिका जनताको नारा र योजनाले सार्थकता पाउने बताए ।
यस्तै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवम् क्षेत्र नम्बर १ का संयोजक बलराम भट्टराईले अघिल्लो स्थानिय चुनावमा जितेका उम्मेदवाहरुको कार्यकालमा पूरा नभएका योजनाहरुलाई सार्थक बनाउन र राप्तिसोनारी गाउँपालिकालाई हरेक कुरामा समृद्ध बनाउन नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आव्हान गरे । उनले भने रामदास थारु पदमा नहुदा पनि गाउँको बिकासको लागि धेरै राम्रा परिवर्तन र कामहरु गरेका छन् रामदासले पदमा नरहदा पनि उनले स्थानीय जनताको लागि गरिरहेका काम बिकास अनि देखेको सपनालाई पूर्णता दिन अध्यक्ष पदका उम्मेदवार रामदास थारु सहितको टीमलाई विजयी बनाउन अनुरोध समेत गरे।
चुनावी अभियानलाई निरन्तरता दिदै गाउँपालिकाका सबै वडामा घरदैलोसँगै चुनावी कोणसभा गरिएको थियो । चुनावी घरदैलो अभियानसङ्गै स्थानीय मतदाताहरुले उम्मेदवारहरुसङ्ग भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका समस्या सम्बोधनको पहल गर्न आग्रह गरेका थिए । उपाध्यक्ष पदका उम्मेदवार चमेली वाकाबलसहितका उम्मेदवारहरु सहभागी घरदैलो तथा कोणसभामा नेकपा एमालेका उम्मेदवारहरुलाई निर्वाचित गराए, जनताको सवाललाई क्रमागत योजनाबद्ध रुपमा पूरा गर्ने प्रतिबद्धता उपाध्यक्ष पदकी उम्मेदवार चमेलीले गरिन । घरदैलोका क्रममा मतदातालाई मत हाल्न सिकाउने कामलाई पनि तिब्र पारिएको राप्तिसोनारी गाउँपालिकाको ९ वटै वडाका प्रत्येक टोलटोलमा युवा विद्यार्थी र महिला हरुलाई मतदाता शिक्षाको लागि खटाइएको नेकपा एमाले गाउँपालिकाका अध्यक्ष मनोज केसिले बताए ।