Logo

राप्तिसोनारिमा भारतीय तरकारीको आयात रोकि किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिने: वाकाबल।

Samachar Rekhanews २३ बैशाख २०७९, शुक्रबार २२:४४ मा प्रकाशित

सरला सुबेदी
बाँके ।नेकपा एमाले राप्तिसोनारि गाउँपालिकाले दोश्रो चरणको कार्यक्रम अन्तरगत चुनावी अभियानलाई तिब्र पारेको छ ।
चुनावी अभियान अन्तरगत राप्तिसोनारी गाउँपालिकाको नौ वटै वडामा एक चरणको परिचयात्मक कार्यक्रम सम्पन्न गरेसङ्गै दोस्रो चरणको कार्यक्रम घरदैलो सङ्गै मतदाता शिक्षा पनि सिकाईएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्यले बलराम भट्टराईले जानकारी गराएका छन् । उनले वडा नम्बर ५ र ६ र ७मा भएको उत्साहजनक घरदैलोले रामदास थारु लगायत सम्पुर्ण एमालेका उम्मेदवारको जित सुनिश्चित भएको बताए।

घरदैलो अभियानपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार रामदास थारुले शिक्षा, स्वास्थ कृषि, रोजगारी, खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवाललाई नेकपा एमालेले अगाडि बढाएको बताएका छन् ।

शिक्षाको क्षेत्रमा गाउँपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरु रहेको प्राविधिक शिक्षालय संचालन गरिने उनले बताए । आफु निर्वाचित भए एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदकी उम्मेदवार चमेली वाकाबलले आफु अनि आफ्नो पाटिले मतदाताको भरोसा जितेको बताइन । उनले गाउँपालिका भित्र रहेका कृषिमा आश्रीत वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गर्दै ती वडामा सिंचाइँको व्यवस्था गरिने बताइन ।
यस्तै भारतीय तरकारीको आयात रोकि किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिने र महिला तथा बालबालिकाहरुको सवालमा महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने अनाथ बालबालिकाहरुको संरक्षणका लागि गाउँपालिकामा बालगृह संचालन गरिने बताइन् ।
यस्तै उनले बेराजगार समस्या समाधानका लागि युवाहरुलाई विभिन्न किसीमका रोजगारमुलक तालिमहरु संचालन गरिने । यस्तै महिला लक्षित लघुउद्यमहरुको संचालन गरिने प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति, आधुनिक प्रयोगशालालगायत सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्करुपमा औषधि वितरण र आपूर्तिमा नियमितता गरिने युवा तथा खेलकुदका सवालमा सम्पूर्ण विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने कुरामा जोड दिइएको बताइन।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?