Logo

राप्तीनदीमा बाढी कृत्रिम घटना अभ्यास

Samachar Rekhanews ११ असार २०७८, शुक्रबार १७:५३ मा प्रकाशित

बाँके असार ११ गते ।
बाँकेको सिधनियाघाटमा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा डुडुवा गाउँपालिका ६ सिधनियाघाटमा राप्तीनदीको पुल छेउमा शुक्रवार बाढी कृतिम घट्ना अभ्यास गरिएको हो ।

बाढी आएको बेला डुबानमा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि सो कृतिम घट्ना अभ्यास गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । सो कृतिम अभ्यासमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर सुरक्षाकर्मी तथा रेडक्रसका पदाधिकारी र कर्मचारीहरुले भाग लिएका थिए ।

नेपाली सेनाका सह सेनानी विक्रम चौधरीको नेतृत्वमा रहेको सो उद्धार टोलीले कुशलतापूर्वक बाढीमा डुबेकाहरुको उद्धार गरेर सामान्य भएकालाई गाउँमै राखेर गम्भीर अवस्थाकालाई अस्पतालसम्म पुर्याउने अभ्यास गरिएको थियो । सो अवसरमा बोल्दै जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गेलालले मनसुन सक्रिय भएसंगै बाढीको जोखिम बढेकोले आफुहरु सबै तयारी गरेर अलर्ट अवस्थामा रहेको तथा यो अभ्यासले पनि तयारी पूर्ण रुपमा राम्रो रहेको पुष्टि गरेकोे बताउनु भयो ।

नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाले यो अभ्यासमा देखिएका कमी कमजोरीलाई सुधार गरेर आगामी दिनमा आवश्यक पर्ने वित्तिकै उद्धार टोलीले आफ्नो जिम्मेवारी पुरा गर्ने बताउनु भयो ।

सो अवसरमा नेपाली सेनाको चार नम्बर बाहिनीका बाहिनीपति हरेन्द्र पाठक, सहायक बाहिनीपति खेम नारायण पौडेल, शसस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी अशोक बम, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र गिरी, रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झना लगायत पत्रकार र सर्वसाधारणको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?