Logo

राप्तीसोनारीमा उर्लियो जनसागर एमालेकै नेतृत्व बन्नेमा ढुक्क।

Samachar Rekhanews २६ बैशाख २०७९, सोमबार २३:०० मा प्रकाशित

सरला सुबेदी
बाँके ।नेकपा एमाले राप्तीसोनारीले सोमबार विभिन्न वडामा आयोजना गरेको र्यालीमा एमालेजनको जनसागर उर्लिएको छ। बाजागाजा सहित स्थानीयको उल्लासमय सहभागिता रहेको थियोे । विभिन्न वडामा र्याली र घरदैलो पछि गरिएको चुनावी कोणसभालाई सम्बोधन

गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले राप्तिसोनारी गाउँपालिकामा एमालेले चुनाव जितिसकेको तर घोषणा हुन बाँकी रहेको बताए । ढकालले यसपटक एमालेको जनलहर अनि चर्चा जताततै भएकोले चुनाव भारी मतले जित्ने जिकिर गरे ।

त्यस्तै एमालेकै क्षेत्रीय संयोजक बलराम भट्टराईले रामदास थारु राजनीतिमा त्याग समर्पण र सहनशीलता राख्ने व्यक्ति भएकाले उनीसंग राम्रो अनुभव भएको र गाउँपालिका अध्यक्षमा विजयी भएपछि राप्तिसोनारी गाउँपालिकाले कोल्टो फेर्ने बताए ।
त्यस्तै भट्टराईले गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार चमेली वाकाबल पनि साजसेवी निरन्तर राजनितीमा लागेकी कुशल योद्धा भएकोले पनि यसपटक नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सबै उपस्थित मतदातालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार रामदास थारुले स्थानीय सरकार संचालन गर्न सहि नियत भएको जनप्रतिनिधि हुनुपर्ने बताउदै महिला, दलित , मधेसी ,मुस्लिम लगायतका अधिकार रक्षा नेकपा एमालेलाई विजयी गराउनु पर्ने बताए ।

उनले आफुले चुनाव जितेर गएपछि पहिलो काम भनेको अव्यवस्थित बसोबास ,सुकुम्बासी लाई लालपुर्जा दिने योजना रहेको बताए त्यस्तै शिक्षा नै विकासको जग भएकोले राप्तीसोनारीमा शिक्षालाई विशेष जोड दिने बताए। त्यस्तै गाउँपालिका उपाध्यक्ष चमेली वाकाबलले आफुले लालपुर्जा वितरणको कामलाई तिव्रता दिनुका साथै गाउँपालिकाका अति बिपन्न परिवारलाई स्वास्थ शिक्षा र खानेपानीमा विशेष सौलियत दिने बताइन।

यस्तै नेकपा एमालेलाई राप्तिसोनारी गाउँपालिकामा भारी मतले बिजयी गराउन अध्यक्ष पदकै प्रत्यासी मनोज केसि र तुल्सी थारु दिनरात खटिएका छन् उनिहरुको खटाइले पनि बिपक्षी दलहरु आत्तिएको सजिलै अनुमान गर्न सकिन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?