Logo

राप्रपामा पार्टी हस्तान्तरको वहस, समितिमा नराख्दा राणा रुष्ट

Samachar Rekhanews ५ असार २०७८, शनिबार १६:३७ मा प्रकाशित

बाँके असार ५ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला पछिल्लो समय सो पार्टीले गठन गरेको महत्त्वपूर्ण समितिमै त्यस्तो धारको नेतृत्व गर्ने नेताहरुलाई ‘आउट’ गरिएको छ । त्यस्तो समितिमा परीक्षण भइसकेका नेताहरुकै बाहुल्यता रहेको छ । नेतृत्व हस्तान्तरणको एजेण्डा उठाएका राप्रपाका तत्कालिन उपाध्यक्ष धवल शम्सेर राणालाई भने कारवाही गरिएको छ ।

उनलाई राप्रपाको बिशेष केन्द्रीय कमिटी सदस्यमा समेत राखिएको छैन । यसप्रति राणा असन्तुष्ट देखिएका छन । राप्रपाले केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको घोषणा गरेको छ । केन्द्रीय निर्देशन समिति ५५ सदस्यीय र विशेष समिति २५ सदस्यीय रहेको छ । पार्टीको विधान तथा एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको भनिएपनि पुस्तान्तरणको एजेण्डा उठाउने नेताहरुलाई नसमेटिकन कमिटीलाई पूर्णता दिइएको हो ।

समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्नेछ भने यी दुई कमिटीलाई पार्टीको शक्तिशाली कमिटी मानिन्छन् । नेताहरुका अनुसार निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ

विशेष समितिमा आफूलाई नराखिएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका नेता धवल शमशेर राणा आक्रोशित बनेका छन् । विशेष समितिमा आफू स्वत पर्ने भएपनि पूर्वाग्रह साँधिएको उनको बुझाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?