Logo

राष्ट्रपति भण्डारीले नवौं खेलकुदको उद्घाटन गर्ने

Samachar Rekhanews ११ आश्विन २०७९, मंगलवार २०:११ मा प्रकाशित

११ असोज, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुने भएको छ ।
युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्विकार गर्नुभएको हो । मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुग्नुभएका मन्त्री अथकले राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रण पत्र समेत प्रदान गर्नुभएको छ ।
असोज २८ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भइसकेको छ । यस्तै कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताका लागि सोमवारसम्म करिव ५५ सय खेलाडीहरुको नाम दर्ता भइसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?