Logo

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

Samachar Rekhanews ९ जेष्ठ २०७८, आईतवार १२:५२ मा प्रकाशित

काठमाडौँ जेठ ९ गते ।
संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् ।

मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।

यसैबीच, उनलाई निःसर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ । अनलाइन खबर


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?