Logo

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा नेपालगञ्जमा विशाल आमसभाको आयोजन

Samachar Rekhanews २९ फाल्गुन २०७८, आईतवार २२:५० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालगञ्जको त्रिभुवन चोकमा आइतवार विशाल आमसभा गरेको छ ।

देशको विभिन्न स्थानमा आमसभा गर्दै आएको राप्रपाले नेपालगञ्जमा पनि आमसभा गरेको हो ।

सो आमसभामा बोल्ने अधिकांश वक्ताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपालाई भारी मतले विजय गराउन अपिल गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त आम सभालाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री डा. धवलसम्शेर राणा, कुन्तीकुमारी शाही, पुर्वमन्त्री प्रेमबहादुर भण्डारी, फतेसिंह थारु, पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटा,

प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् प्रसिद्ध अभिनेत्री रेखा थापा लगायतले सम्बोधन गरेका थिए ।
सोही अवसरमा बिभिन्न पार्टी परित्याग गरी १ हजार १०० भन्दा बढीले राप्रपामा प्रबेश गरेका छन् ।

नव प्रवेशीहरुलाई राप्रपाले हार्दिक स्वागत तथा शुभकामना समेत व्यक्त गरेको छ ।
सो आमसभामा स्थानीय तथा टाढाबाट आएका जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?