
नेपालगन्ज
राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन बाँकेले बावुआमा बिहिन बालबालिकालाई आवश्यक पर्ने सामग्री बितरण गरेको छ । बुधबार बालबालिकालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री बितरण गरिएको हो ।
आज बुधबार जानै पुर्णिमा को पूर्व संध्यामा बाँकेको नेपालगन्ज स्थिति रहेको समाज बिकास तथा प्रावर्धन केन्द्रमा रहेका बावुआमा बिहिन (अनाथ) बाल बालिकाहरुलाई करिब २२ हजार बराबरको आवश्यक पर्ने खाद्यवस्तु सामग्री बितरण गरेका छ्न् ।
राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन बाँकेका अध्यक्ष शेखर शाही अनुसार
बावुआमा बिहिन बालबालिकालाई आवश्यक पर्ने चामल, दाल, तेल, चीनी, घिउ, भुजा, चाउचाउ, बिस्कुट आदी वितरण गरेका छन्
२०५७ सालमा जन्मिएका शाह यति सानै उमेरदेखी नै सामाजिक कार्यमा अग्रसर हुनु समाजको लागी प्रेरणाको श्रोत समेत बनेका छन् । नेपालगन्ज वडा नं. ४ मा घर भएका शेखर जंग शाही आगामी दिनहरुमा माता बागेश्वरीको आशिर्वाद रहे सम्म यस्तो सामाजिक एवं धार्मिक कार्यहरू निरन्तर गर्दै जाने बताएका छन् ।