Logo

रिपोर्टिङमा खटिएका पत्रकारमाथी अभद्र व्यबहार

Samachar Rekhanews ७ श्रावण २०८०, आईतवार २२:४४ मा प्रकाशित

रिपोर्टिङमा खटिएका पत्रकारमाथी अभद्र व्यबहा

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ मा सार्वजनिक जग्गा अतिक्रमण गरी सडक मापदण्ड विपरित टिन टहरा निर्माण गरेको प्रति रोक लगाउदै सात दिन भित्र त्यस्तो संरचना हटाउन नगरले आदेश दिएको छ ।

नेपालगञ्ज ४ स्थित बसपार्क नजिकै रहेको विद्युतको छेउमा मान बहादुर हमालले अवैद्ध रुपमा टिन टहरा निर्माण गरिरहेको नगरमा उजुरी परेको थियो । विजय कुमार सोनीले नगरमा दिएको जग्गा अतिक्रमण सम्बन्धि उजुरी, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को कार्यालयको गत चैत्र २९ गते प्राप्त पत्र तथा नगर प्रहरीको प्रतिवेदनका साथै नापी शाखाको प्रतिवेदन अनुसार स्थलगत सर्वेक्षण गरी नापजाँच गर्दा कि.नं. २४१ मा हमालले सडक मापदण्ड ३० मिटर विपरित टिनको टहरा निर्माण गरिरहेको खुल्न आएपछि हटाउन आदेश स्वरुप ७ दिने म्याद सहित सूचना जारी गरेको प्रशासन अधिकृत इन्द्र बहादुर के.सी.ले नाईल खबरलाई जानकारी गराए ।

नगर प्रशासन अनुसार उक्त संरचना सात दिन भित्र नहटाएमा नगरले आफै हटाउने र त्यस बापत हुने खर्च समेत हमाल संग अशुल गरिनेछ ।

नगरले आवश्यक सहयोग तथा समन्वयका लागि वडा प्रहरी कार्यालय, वडा नं. ४ को कार्यालय, नगर प्रहरी शाखालाई बोधार्थ समेत राखेको छ ।

उक्त टिन टहरा पछाडि अर्थात सडक संग टासिएर रहेको विजय कुमार सोनीको नौ धुर हालसावी ९०.२० वर्ग मिटर (बाटोले काटेपछि बचेको जग्गा) जग्गाको बाटो बन्द हुने गरी जबरजस्ती थालिएको संरचना निर्माण पछि मिडियासंग गुहार मागेका थिए ।

पिडितको गुहार पछि यस विषयमा आज बिहान रिर्पोटिङमा पुगेका केही मिडियाकर्मी माथि समेत अभद्र व्यवहार भएको छ ।

सत्य तथ्य बुझ्ना पुगेका हाम्रो मिडिया नेपालमा आवद्ध मिडियाकर्मी आषिश मल्ल ठकुरी सहितका मिडियाकर्मीलाई स्थानीय भरत बसौलाले गाली गलौच गर्दै अपशब्द प्रयोग गरेका पिडितले बताए ।

मिडियाकर्मी मल्लले भने, ‘राप्रपा पार्टीमा आस्था बोकेका स्थानीय बसौलाले आफै आएर गाली गलौज गर्दै नगर प्रहरी र स्थानीयहरुको सामु म सहितको टिम संग भिड्नै लागेका थिए । उनी संग त्यस विषयमा कुनै सरोकार नै थिएन । विगतमा मैले मन्दिर जग्गाको विषयमा रिर्पोटिङ गरेको थिए । जसमा उनी पनि मुछिएका थिए । हाल उक्त विषयमा अख्तियारमा मुद्दा समेत चलिरहेको छ । सोहीलाई आधार बनाएर रिर्पोटिङमा अवरोध गर्न खोजेका हुन सक्छन ।’

विषय वस्तु नै नबुझि मिडियाकर्मीलाई रिर्पोटिङमा अवरोध पुर्‍याएका बसौलाले अस्थाई प्रहरी विट बसपार्कका इन्चार्ज राजेन्द्र विष्ट सामु आफ्नो गल्ती स्किार गर्दै माफी समेत मागेका थिए ।

तर बसौलाले प्रयोग गरेका अपशब्दको घोर निन्दा गर्दै कार्वाहीका लागि पिडित मिडियाकर्मी जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दायर गर्ने तयारीमा रहेको जनाएका छन ।

सोनी उक्त संरचना निर्माणलाई रोक्न नगरमा ४ महिना देखि दैनिक धाउदै आएका थिए । संरचना निर्माणमा रोक लगाउन नगर प्रहरी रातिको समयमा समेत पुग्ने गरेको भए पनि रातारात जबरजस्ती टिन टहरा निर्माण गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?