
नेपालगन्ज : रिलायवल नेपाल लाइफ ईन्सुरेन्स नेपालगंज शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको गरेको छ ।
नेपालगन्जमा शनिबार रिलायवल नेपाल लाइफ ईन्सुरेन्स नेपालगन्ज शाखाले राम्रो ब्यवसाय दिन सफल अभिकर्तालाई सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो ।
बाँके बर्दिया कलस्टर हेड हेमन्त शाहीको अधक्ष्यता तथा एमडीआरटी रमेश बहादुर बुढाथोकीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै कार्यक्रममा सहायक डिभिजन एजेन्सी म्यानेजर भिम बुढाथोकी, सहायक वरिष्ठ एजेन्सी म्यानेजर दिपक कुमार खनाल, सिनियर एजेन्सी म्यानेजर अनु चौधरी, सहायक सिनियर एजेन्सी म्यानेजर पुस्तिका थापा, एजेन्सी म्यानेजर तुलशा बोहरा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिरो अफ दि मन्थ (असार) ले बिनोद पौडेल र हिरो अफ दि ईएरले अनु चौधरीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा कम्पनीका बाँके बर्दिया कलस्टर हेड हेमन्त शाही र कम्पनीको नेपालगन्ज शाखा प्रमुख शुभम खेसरीले एजेन्सी तथा अभिकर्ताहरुलाई उत्प्रेरित गर्न कम्पनीको पोलिसी तथा जीवन बिमाको क्षेत्रमा काम गर्ने सीप समेत प्रदान गरेका थिए ।