Logo

रेडक्रसद्वारा प्र.अ. तथा शिक्षक नायक गोष्ठी

Samachar Rekhanews २० जेष्ठ २०८०, शनिबार ०९:५६ मा प्रकाशित

नेपालगंज जेष्ठ २०  / जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी राप्तीसोनारीको मदुईमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजना तथा युवा रेडक्रस सर्कल लक्ष्मी मा.वि. मदुई राप्तीसोनारी २ कचनापुरको आतिथ्यमा उक्त गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घटना गर्दै राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुलले मानवीय सेवामा समार्पित रेडक्रसले यस पालिकाका विपद् प्रभावित समुुदायलाई राहत, विरामी र घाइतेलाई रगत एवं एम्बुलेन्स लगायत परोपकारी कार्य गर्दै आएको प्रंशसा गर्दै रेडक्रसका उपशाखाहरुले समुदायमा गर्न चाहेका मानवीय गतिविधिहरुको प्रस्तावना लिएर आउनु आग्रह गर्र्नुृ भयो ।
नेपाल सरकारका पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले बालबालिकाहरुमा मानवताको भावना विकास गर्न शिक्षकहरुलाई अनुरोध गर्दै सेवा भाउबाट रेडक्रसमा योगदान गर्न उत्प्ररित गर्नु भयो ।


जुनियर तथा युवा रेडक्रस समितिका संयोजक यमनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, सदस्य नरेन्द्र कुमार पौडेल, लक्ष्मी मा.वि.का प्र.अ.संरक्षक लक्ष्मण आचार्य लगायतले विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लक्ष्मी मा.वि. विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नेरेसो कचनापुर र सोनारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्र.अ.तथा शिक्षक नायकको भूमिकाको सम्बन्धमा खुला छलफल र सामुहिक प्रस्तुती गरिएको थियो ।
उक्त गोष्ठीमा नेरेसो बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगीले तातो हावाको लहरको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले जुनियर तथा युवा रेडक्रस कार्यप्रणाली निर्देशिका र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले दृष्यात्मक एकरुपता प्रस्तीकरण गर्नु भएको थियो भने कार्यक्रममा २३ वटा सर्कल÷विद्यालयका प्रधानाध्याक तथा शिक्षक नायकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा युवा रेडक्रस सर्कलका सदस्यहरुले स्वागत गित र मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?