Logo

रौतहट बोर्डरमा एक जना नक्कली प्रहरी पक्राउ

Samachar Rekhanews १७ जेष्ठ २०७८, सोमबार २३:३४ मा प्रकाशित

रौतहट जेठ १७ गते ।
प्रदेश नम्बर २ को रौतहट जिल्लास्थितबाट एक नक्कली प्रहरी पक्राउ परेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले गौर नगरपालिका २ स्थित महादेवपट्टीबाट स्थानिय रमन पटेलको ३० बर्षिय छोरा सुशिल पटेललाई पक्राउ गरेको हो ।

आफू प्रहरी कर्मचारी भएको भन्दै स्थानिय मानिसहरुलाई धाकरधम्की दिई स्थानिय जनमानसमा त्राश फैलाई तथा निषेधाज्ञाको समयमा मानिस र सामानहरु नेपाल भारत सिमाबाट आवतजावत गराईदिने प्रलोभन दिई स्थानिय मानिसहरुबाट रकम असूल गर्दै आएको पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पटेललाई पक्राउ गरी अधिकार प्राप्त अधिकारीबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?