Logo

लकडाउनको अवधिमा लुम्बिनी प्रदेशमा गरे २ सय ४२ जनाले आत्महत्या

Samachar Rekhanews ५ असार २०७८, शनिबार १६:१९ मा प्रकाशित

बाँके असार ५ गते ।
लुम्बिनी प्रदेशमा लकडाउनको अवधिमा २ सय ४२ जनाले आत्महत्या गरेका छन । लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ ।प्रदेश प्रहरीका अनुसार आत्महत्यासँगै अन्य अपराधको दर पनि पछिल्लो समयमा बढेको छ ।

प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म देशभरमा ९ सय ६३ जनाले आत्महत्या गरेको देखिएको छ । कोभिड–१९ नियन्त्रण नहुँदै अन्य देशले मानसिक समस्या सामना गर्न गृहकार्य गर्दैछन् तर नेपालमा राज्यस्तरबाट प्रभावकारी कदम चालिएको छैन ।

लकडाउनपछि मनोरोगी र अपराध दुवै बढ्ने देखिएको छ । यसका लागि परामर्श र सचेतनाको आबश्यकता रहेको जानकार बताउँछन । लकडाउन र कोरोनाका कारण पछिल्लो समय सबै खालका मानसिक तनाव बढेको मनोचिकित्सक डाक्टर सुमन अर्याल बताउँछन ।

लुम्बिनीमा मात्र होइन, कोरोनाबाट पीडित सबै ठाउँमा अनेक किसिमका मानसिक रोग बढिरहेका छन् उनले भने ‘आत्महत्याका कारण पनि यही हो ।’ मान्छेले काम गर्न पाएका छैनन्, आर्थिक संकट विकराल बन्दै छ । कति योजना तुहिएका छन् । अरू रोग लाग्दा उपचार गर्न पाइएको छैन । आफन्त भेटघाट ठप्प छ ।मनोसामाजिक उल्झन तीव्र बन्दै गएपछि मानिसमा तनाव, चिन्तारोग, निद्रा नलाग्ने, डिप्रेसन हुनेजस्ता समस्या बढ्छन् ।

मद्यमान र धूमपान सेवन गर्ने बढ्छन् । घरझगडा धेरै हुन्छ । पहिलेदेखि मानसिक स्वास्थ्यको उपचार गराइरहेकालाई अझ गाह्रो हुने उनले बताए । जब मानसिक छटपटी र चिन्तालाई समयै रोकिन्न, त्यसले आत्महत्या निम्त्याउँन सक्ने उनी बताउँछन


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?