२८ बैशाख २०७८, नेपालगन्ज
नेपालगन्जमा कोरोना भाइरस संक्रमण बढेको बढेइ छ । दैनिक ५ सयबढी संक्रमित थपिदै आएका छन् । मृत्युदरपनि बढिरहेको छ । दैनिक १० देखि १२ जनासम्मको मृत्यु भइरहेको छ।
समुदायस्तरमा भाइरस संक्रमण फैलिसकेपछि त्यसको चेन ब्रेक गर्न स्थानीय प्रशासनले बाँकेमा लकडाउन गरेको छ। तर नागरिकहरु अनावश्यकरुपमा लकडाउनलाई उलंघन गर्दै आएपछि स्थानीय प्रशासनले कडाइ गरेको छ। आमनागरिकलाई सुरक्षित राख्न थप कडाइ गर्न शुरु गरेको हो ।
मगलबार वडा प्रहरीको टोलीले नगरका विभिन्न ठाउँमा अनावश्यकरुपमा मोटरसाइकल चलाएर हिड्ने व्यक्तिहरुलाई कारवाही गरेको छ । वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खडका नेतृत्वको टोलीले त्रिभुन चोक रानी तलाउ एक्लैनी न्युरोड मा अनावश्यकरुपमा मोटरसाइकल चलाउनेको हावा खुस्काइदिएको छ ।
कोरोना महामारीमा पनि प्रशासनको निर्देशन नटर्नेलाई कारवाही गरिएको वडा इन्चार्ज खड्काले बताउनुभयो । केहीलाई सम्झाइ बुझाइ छाडिएको र केहीको मोटरसाइकलको हावा खुस्काइदिएको उहाँको भनाइ छ । भाइरस संक्रमणको जोखिम बढ्दा समेत सचेत नहुने नागरिकहरुलाई आफुहरुले सचेत बनाउने काम समेत गरेको उहाँले बताउनुभयो ।