Logo

लक्षित वर्ग प्रति गम्भीर बन्न सरोकारवाला निकायको जोड

Samachar Rekhanews १ कार्तिक २०८१, बिहीबार १३:१९ मा प्रकाशित

नेपालगन्ज/ महिला बालबालिका तथा सीमान्तकृत वर्ग प्रति  सरकार गम्भीर बन्न सरोकारवाला निकायले जोड दिएको छन्।फतिमा फाउन्डेशन नेपाल को आयोजना तथा टेवा काठमाडौ को आर्थिक सहयोगमा सोमबार एक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। सार्वजनिक सुनुवाई को दौरानमा सहभागी महिलाहरुले स्थानीय सरकार तथा सरोकारवाला निकायले गरिरहेको काम प्रक्रियाको बारेमा छलफल गरेका छन्। स्थानीय तहले बनाएको नीति कार्यक्रम तथा बजेट को विषयमा सहभागीहरुले छलफल गरेका हुन्।सम्वादमा नेपालगन्ज उपमहानगरपालिका का नगर प्रमुख प्रशान्त विष्ट, नेपालगन्ज वडा न.३ का वडा अध्यक्ष अय्यूब सिद्दिकी, वडा नं.७ सदस्य कल्पना नेपाली,भेरी अस्पतालको एक द्वार संकट व्यवस्थापन केन्द्रको प्रतिनिधि आस्था विष्ट सहभागी हनुभएको थियो।सो कार्यक्रम फतिमा फाउन्डेशनको अध्यक्ष मैमुना सिद्दिकी को अध्यक्षतामा सम्पन्न भएको हो भने सो सम्वादमा टेवा को प्रतिनिधि सरस्वती श्रेष्ठ तथा सामुदायिक सुरक्षा जालो का महिला समूह लगायत को उपस्थिति रहेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?