Logo

लागू औषध ब्राउनसुगर सहित २ जना जमुनाहा नाकाबाट पक्राउ

Samachar Rekhanews २३ श्रावण २०७८, शनिबार २२:४५ मा प्रकाशित

कोहलपुर नगरपालिका–११ बस्ने वर्ष २८ का किरण सुनार र सोही ठाउँ बस्ने वर्ष ३४ का सरोज थारुलाई नेपालगञ्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जमुनाहा प्रहरी चौकीका इन्चार्ज पूर्ण बहादुर खत्रीका अनुसार उनिहरुले प्रयोग गरेको भे८प ७४३१ नम्बरको एनएस पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट लागू औषध टोली प्रनानि प्रेम अधिकारीको कमाण्डमा ब्युरोको टोली र जमुनाह प्रहरीको टोलीले ती २ जनालाई पक्राउ गरेको हो । किरणले लगाएको दाहिने चप्पलमा प्वाल पारी सोही प्वालमा लुकाएर नेपाल ल्याउन लागेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जमुनाहा प्रहरी चौकीका इन्चार्ज पूर्ण बहादुर खत्रीले बताउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?