Logo

वंगलादेशजाने एथलेटिक्स खेलाडीलाई बिदाई

Samachar Rekhanews २२ पुष २०७८, बिहीबार २२:२८ मा प्रकाशित

काठमाण्डौं, पौष २२
बंगलादेशमा हुने “बंगबन्ध शेख मुजीवबन्धु म्याराथन” प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ । बिहिबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्नुभएको हो ।
मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्रीअथकले जितको अग्रिम शुभकामना दिनुभयो । बिगतमा दौडिएरै राजाहुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वकाकुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय खेलाडीहरुको सम्मानका लागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भन्नुभयो, “हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौं, जसमार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ ।”
जनवरी १० (पौष २६) गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिनुभयो । ४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लाग्नुभएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?