Logo

वडा नं. ४ का जनप्रतिनिधिद्वारा बकरीद पर्वको अवसरमा खजुर तथा पानी वितरण

Samachar Rekhanews २७ असार २०७९, सोमबार ११:५३ मा प्रकाशित

२७ असार, नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–अजहा ‘बकरीद’को पावन अवसरमा नेपालगञ्ज उमनपा वडा नं. ४ का जनप्रतिनिधिले ईदगाहमा नमाज पढ्न पुगेका श्रद्धालुहरुलाई खजुर र पानी वितरण गरेका छन् ।
जनताको सुख दुःखमा सधैं साथ रहने वडा नं. ४ का वडाध्यक्ष गोपाल पुन तथा महिला वडा सदस्य रुमिता देवकोटा आफ्नो सहयोगी टिम सहित आइतवार बिहान विपी चोकस्थित इदगाहमा नमाज पढ्न पुगेका श्रद्धालुहरुलाई खजुर तथा पानी वितरण गरेका थिए ।
वडाध्यक्ष गोपाल पुन तथा महिला वडा सदस्य रुमिता देवकोटा लगायतको टिमले नमाज पढ्न पुगेका श्रद्धालुहरुलाई खजुर तथा पानी वितरण गर्दै बकरीद पर्वको शुभकामना व्यक्त गरेका थिए ।
प्रत्येक चाडपर्व तथा जनताको सुख दुःखमा सक्रिय सहभागिता जनाउने वडा नं. ४ का जनप्रतिनिधिको यस प्रकारको सामाजिक कार्यबाट सर्वसाधारण निकै हर्षित बनेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?