
चुनाव जित्नु भन्दा पहिला ठूला ठूला कुरा गर्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष गोपाल पुन अहिले निष्क्रिय भएका छन् ।
४ नं. वडाको वडाध्यक्ष पदको कुर्सी हात पार्ने बित्तिकै वडाको समस्याप्रति उनको ध्यान पटक्कै जाने गरेको छैन ।
समस्याको निराकणका लागि पटक–पटक वडा कार्यालयमा पुगेर आग्रह गर्दा पनि उनले ध्यान दिने गरेका छैनन् ।
केही दिन अगाडि हप्ता हप्तामा विशेष सरसफाइ अभियानका नाममा फोटो खिचाउने काम भएको पनि थियो ।तर सरसफाइ को नाममा नाटक ।
सरसफाईप्रति पनि वडाध्यक्ष गोपाल पुनले ध्यान दिने गरेका छैनन् । वडाको घोसीटोलमा फोहोरको थुप्रो लागेको छ जसको सरसफाई गर्न पटक–पटक आग्रह गरिएपनि सरसफाईको काम अहिलेसम्म भएको छैन ।
समाचाररेखा राष्ट्रिय दैनिकका प्रधानसम्पादक समिर अलीले सरसफाई गराइदिन वडा सदस्य सग आग्रह गर्दा समेत वडाध्यक्षले यसतर्फ ध्यान दिएका छैनन् ।
यसरी हेर्ने हो भने ४ नं. वडामा विभिन्न समस्याहरु विद्यमान रहेका छन् तर ती समस्याहरुको निराकरण नगरि वडाध्यक्ष गोपाल पुन लापरवाह बनेका छन् ।
वडाध्यक्ष गोपाल पुनको यस रवैयाप्रति वडावासीहरु निकै आक्रोशित बनेका छन् ।