Logo

वडा नं. ५ को वडाध्यक्ष पदमा अब्दुल अजिज हल्वाईलाई नै विजयी बनाउने वडावासीको संकल्प

Samachar Rekhanews २३ बैशाख २०७९, शुक्रबार २३:१३ मा प्रकाशित

आगामी हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ बाट वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका सबैको सुख दुःख बुझ्ने र सबैलाई सहयोग गर्ने युवा नेता अब्दुल अजिज हल्वाईलाई अपार जनसमर्थन प्राप्त हुँदै गएको छ ।

संघर्षशील, शिक्षित होनहार तथा जुझारु प्रवृत्तिका युवा नेता अब्दुल अजिज हल्वाई वडावासीको पीर मर्का र समस्या बुझ्न घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

यस क्रममा मतदाताहरुले यसपालिको निर्वाचनमा वडा नं. ५ को वडाध्यक्ष पदमा अब्दुल अजिज हल्वाईलाई नै विजयी बनाउने संकल्प लिएका छन् ।

प्रत्येक वडावासीलाई आफ्नो आफन्त ठान्ने वडाध्यक्ष पदका उम्मेदवार अब्दुल अजिज हल्वाईले वडावासीको समस्या र पीरमर्का बुझ्दै आफू वडा नं. ५ को वडाध्यक्ष पदमा विजयी भए प्रत्येक वडावासीको मुहारमा खुशीको लहर ल्याउने अठोट लिएका छन् ।

आफ्नो चुनाव चिन्ह ‘लौरो’ लिएर उनी जुन मतदाताको घरमा जान्छन् ती मतदाताहरुले अब्दुल अजिजलाई नै वडाध्यक्ष पदमा विजयी बनाउने बताउने गरेका छन् ।
अब्दुल अजिज हल्वाई अहिले निर्वाचनको समयमा मात्र नभइ विगत लामो समयदेखि

चुनावको समयमा मात्र नभई आधा दशकभन्दा लामो समयदेखि सक्रिय रुपमा सामाजिक क्रियाकलापमा सहभागी भइ वडावासीको सुख दुःखमा साथ दिँदै आएका छन् ।
वडा नं. ५ मा बसोबास गर्ने सबै जाति धर्म सम्प्रदायका मतदाताहरुले अब्दुल अजिज हल्वाई नै वडाध्यक्ष पदका लागि उत्तम रहेकाले उनलाई नै विजयी बनाउने बताएका छन् ।

अब्दुल अजिज हल्वाई एक शिक्षित व्यक्ति भएको हुनाले वडालाई राम्रोसँग हाँक्न सक्ने क्षमता उनीमा पर्याप्त छ । उनले कसैसँग पनि पक्षपात नगरि सबैसँग समान व्यहार गर्ने भएकाले अब्दुल अजिज हल्वाई बाहेक अरु कुनै विकल्प नभएको वडावासीहरुको भनाई छ ।

वैशाख ३० गते हुने निर्वाचनमा वडाध्यक्ष पदका लागि अब्दुल अजिज हल्वाई नै आफ्नो मत प्रदान गर्ने वडावासीहरुको भनाई रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?