Logo

वडा नम्बर ५ मा वडा अध्यक्ष पदका उम्मेदवार मो.सब्बीर अन्सारीको पक्षमा जनलहर

Samachar Rekhanews २४ बैशाख २०७९, शनिबार १२:२९ मा प्रकाशित

बाँके बैशाख २४ गते ।
नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष पदका उम्मेदवार मो.सब्बीर अन्सारीको पक्षमा जनलहर बढदै गएको छ ।

आफना २२ बुँदे चुनावी प्रतिबद्धतासहित अनसारी घरदैलोमा ब्यस्त छ्न । उनले आफु निर्वाचित भए सडक निर्माणलाई प्राथमिकता दिने बताए ।

आफ्नो वडामा सबै ठाउँमा नाला र सडक पूरा गरिने उनको बाचा छ । यस्तै धार्मिक संस्थाहरुमा अनिवार्य हाइमास्ट र हायलोजन लाइट जडान गरिने उनको भनाइ छ ।

यस्तै प्रविधिको विकाससँगै आफ्नो वडालाई वाइफाइ फ्रिदेखि युवाहरुलाई जीमसम्म पुर्याउने उनको योजना छ । बिकासप्रेमी नेताका रुपमा आफुलाई चिनाएका उनले सडक र नाला नपुगेका वस्तीमा तत्काल सडक नाला निर्माणलाई अघि बढाइने बताउँछन ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?