
समीर अलि / वडा प्रहरी कार्यालय नेपालगञ्जमा हालै सरुवा भइ आएका प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंहले आयोजित गरेको प्रेससँगको छलफल कार्यक्रममा नेपालगञ्जका पत्रकारहरुले यहाँको केहि वडामा लागु औषधको कारोबार मौलाएकोले यसलाई नियन्त्रण गर्नुपर्ने माग उठाएका छन् ।
बुधवार दिन आयोजित छलफल कार्यक्रममा सहभागी दर्जनौं पत्रकारहरुले नेपालगञ्ज उमनपाभित्र विभिन्न अपराधहरु बढेको छ जसमा यौन व्यवसाय, चोरी, लूटपाट र लागु औषध बेचबिखनको कारोबार रहेको छ । यस्ता सबै प्रकारको अपराध नियन्त्रण हुनुपर्ने माग राख्दै लागु औषध एक ठूलो समस्या बन्दै गएको छ । यस कारोबारको कारण देशका भावी सन्ततिको भविष्य नै बर्बाद भइरहेको छ ।
प्रहरीले यो अपराध नियन्त्रण गर्ने जब अभियान चलाउँछ अनि केही दिनसम्म नियन्त्रण हुन्छ र यो अभियान रोकिँदै फेरि एक्कासी फस्टाउने गरेको विचार राखेका थिए । यस छलफल कार्यक्रममा सहभागी पत्रकारहरुले नयाँ वर्ष २०७९ को शुभकामना साटासाट गर्दै आफ्नो परिचय प्रस्तुत गरेका थिए र विभिन्न सुझावहरु प्रहरीलाई उपलब्ध गराएका थिए ।
वडा प्रहरी इन्चार्ज सिंहले भर्खरै म यहाँ सरुवा भएर आएको छु, तपाइहरुले दिएको सुझाव अनुसार विभिन्न अपराध नियन्त्रण गर्ने प्रयास गर्नेछु थप केहि सुझाव आउँछ भने सो माथि कार्य गरेर देखाउनु छु । यस्तै प्रकारले प्रहरी र पत्रकार मिलेर कार्य गर्ने छन् सो कार्यहरुको सूचना माग पत्रकारहरुले गरे यहाँ सूचना लुकाउने कार्य हुँदैन बरु तुरुन्तै सूचना उपलब्ध गराउने कार्य गर्ने प्रतिबद्धता जनाए ।