Logo

वडा प्रहरी कार्यालयको टोलीद्वारा ५ सय किलो अवैध वोइलर कुखुरा बरामद

Samachar Rekhanews २४ माघ २०७८, सोमबार १२:५८ मा प्रकाशित

माध २४ गते
प्रहरीले करिव ५ सय किलो वोइलर कुखुरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटेको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा बाँकेको नेवाजीगाउँबाट करिव ५ सय किलो वोइलर कुखुरा बरामद गरेको प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी दिनुभयो ।

तीनवटा मोटरसाइकलमा राखेर भारतबाट अवैध रुपमा नेपालगञ्ज भित्र्याउँदै गरेको अवस्थामा कुखुरा बरामद गरिएको हो ।

कुखुरा बोँक्न प्रयोग गरिएका भे २ प २२०९, ज ४ प १८२७ र भे ३ प ९७२५ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

आजभोलि विवाहको सिजन भएकाले भारतीय कुखुरा सस्तो पर्ने भएको हुँदा भारतबाट कुखुरा भित्र्याउने क्रम अहिले बढेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?