Logo

वडा प्रहरी कार्यालयद्वारा चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

Samachar Rekhanews ९ श्रावण २०७९, सोमबार २२:२५ मा प्रकाशित

९ श्रावण, नेपालगञ्ज । वडा प्रहरी कार्यालय, नेपालगञ्जले चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ ।
२०७९।०४।०८ गते राती करिब ११ः३० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उमनपा वडा नं. ३ एकलैनीबाट समसाद हुसेन सेखको भे २ प ५५१५ नं. को मोटरसाईकल चोरी भएको थियो ।

मोटरसाईकल चोरी भएको सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय, नेपालगञ्जद्वारा सादा पोशाकमा प्रहरी परिचालन गरी खोजतलास शुरु गरिएको थियो । सोही क्रममा करिब २ घण्टा पछि वडा नं. ७ रानीतलाउ नजिकै सडकमा जिल्ला बाँके नेपालगञ्ज उमनपा वडा नं. ३ बस्ने बर्ष २५ को सुनिल लोध प्यासेले उक्त नं.को मोटरसाइकल चोरी गरी गगनगंज तर्फ चलाई जाँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?