Logo

वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा एघार लाख बराबर को अवैध भन्सार छलि मोवाइल डिसप्ले बरामद

Samachar Rekhanews १५ आश्विन २०८१, मंगलवार ००:०५ मा प्रकाशित

बाँके असोज १४ गते ।
नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानीबाग नजिकैबाट प्रहरीले भन्सार छलिको अवैध सामान बरामद गरेको छ । भन्सार चोरी पैठारी गरि ल्याइएको एक हजार २८ थान मोवाइल डिसप्ले बरामद गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

यो सामान मोवाइल फोनमा प्रयोग हुने प्रहरीले जनाएको छ । उक्त सामानको मुल्य एघार लाख अठासी हजार मुल्य बराबरको रहेको पनि वडा प्रहरी कार्यालय प्रमुख अरुण बमले जानकारी दिनुभयो । बरामद गरिएको मोवाइल डिसप्ले थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको प्रमुख बमले जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?