Logo

वडा बाट सामाजिक सुरक्षा भत्ता वितरण

Samachar Rekhanews १८ जेष्ठ २०८१, शुक्रबार १२:२८ मा प्रकाशित

नेपालगंन्ज उपमहानगरपलिकाको २३ वटा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाले वडा कार्यालयमै
पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका हुन् सुरुवातमा
उपमहानगर– २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो ।
निश्चित उमेर समूहका जेष्ठ नागरिक, एकल महिला, आर्थिक रुपले विपन्न,
अशक्त र असहाय, अपांगता भएका,बालबालिका, आफनो हेरचाह आफैं गर्न नसक्ने
तथा लोपोन्मुख जातिका नागरिकको जीवनयापनमा आइपर्ने सम्भावित जोखिम
न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारबाट
सञ्चालित गैर योगदानमुलक कार्यक्रम नै सामाजिक सुरक्षा कार्यक्रम हो ।
वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर
लाइन बस्नुपर्ने बाध्यता हटेको ८५ वर्षीय हस्मात अलीले बताए ।निश्चित
उमेर समूहका जेष्ठ नागरिक, एकल महिला, आर्थिक रुपले विपन्न, अशक्त र
असहाय, अपांगता भएका,बालबालिका, आफनो हेरचाह आफैं गर्न नसक्ने तथा
लोपोन्मुख जातिका नागरिकको जीवनयापनमा आइपर्नेे सम्भावित जोखिम न्यूनीकरण
गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारबाट सञ्चालित
गैरयोगदानमुलक कार्यक्रम नै सामाजिक सुरक्षा कार्यक्रम हो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को
कार्यालय पुगेका नगर प्रमुख प्रशान्त विष्टले ज्येष्ठ नागरिक र अपांगता
भएकाहरूलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै
सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।
उपप्रमुख कमरुद्दिन राईले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा
भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरूलाई थप खुसी
मिलेको बताए ।
राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका सहायक प्रबन्धक अनूप न्यौपानेले
वडा नम्बर २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए
बैंकले अहिलेसम्म उपमहानगररको २३ वटै वडामा पुगेर भत्ता वितरण गर्ने गरी
नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको जनाएको छ पहिले सामाजिक
सुरक्षा भत्ता लिन बिहानैदेखि नेपालगन्जस्थित बैंकको मुख्य ढोकाबाट
सडकपेटीसम्म उनीहरू लाइन लाग्नुपर्ने बाध्यता थियो ।
कुनै व्यक्तिले दोहोरो भत्ता बुझेमा त्यस्ता व्यक्तिको नाम अभिलेखबाट
तत्काल हटाई प्रचलित कानून बमोजिम कारवाही गरी बुझेको भत्ता रकम सरकारी
बाकी सरह असुल उपर गरी विगो बमोजिम जरिवाना समेत हुन्छ ।
सामाजिक सुरक्षा भत्ता सम्बन्धी गुनासो सम्बन्धित वडा कार्यालय वास्थानीय
तह वा राष्ट्रिय परिचयपत्र तथापञ्जीकरण विभागमा वा अन्यसम्बन्धित सरकारी
निकायमा गुनासो दर्ता गर्न सकिन्छ।
बिहान ८ बजेदेखि नै बैंकका गार्ड बस्ने मूल सटरदेखि सडकसम्मै ज्येष्ठ
नागरिकको भीड लाग्थ्यौ । न बस्ने कुर्सी थिए, न त घाम छेक्ने चौतारी नै
।नखुलेका सटरमुनि पालो कुरिरहेका उनीहरू आपसमा घरपरिवारका कुरा साट्दै
पालो कुर्थे ।नेपालगंन्ज उपमहानगरपालिका –१७ परस्पुरका ७२ वर्षीय लीला
एरीले गत वर्षगाउकै बैंकबाट पैसा निकाल्न पाइन् । यस वर्षदेख नेपालगन्जको
बैंकमा पुग्नु पर्ने बााध्यता टरेकोमा उनले खुशि लागेको बताइन् ।दुई
छोराछोरीसहित सात जना नाति–नातिनीकी हजुरआमा भएकी उनले भत्ताबापत आउने
रकम परिवारका लागि खर्च गर्ने गरेकी छन् । ‘बूढाबूढी मान्छेलाई
हिँडदाकहाँ त्यति सजिलो हुन्छ र ?,’ उनले भनिन्, ‘बैकमा त बस्ने ठाम पनि
छैन, गाउमै पैसा दिने व्यवस्था भएर बूढाबूढीलाई सजिलो भयो ।’बैंक १० बजे
खुल्ने भए पनि उनीहरू बिहान ८ बजे नै बैंक पुग्नु पर्ने समस्याको अन्त्य
भएको छ । । वडाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बैंकमा
पठाइसकिएको खबर पाएपछि उनीहरू समूह बनाएर प्रतिव्यक्ति दुई सय रुपैया
तिरेर टेम्पो रिजर्भ गरेर बैंकसम्म आइपुग्नु पर्ने हुन्थ्यौ ।
कोरोनाको समय निषेधाज्ञाले सवारीसाधन नचलेपछि टेम्पो चढेर आउनुपरेको
उनीहरूले सुनाए ।बैंकहरूलाई सामाजिक दूरी कायम गरेर खोलेपनि छ । बैंकले
कोरोना संक्रमण फैलन नदिन न्यूनतम मापदण्डसमेत अपनाएको थिएन् । त्यो बेला
जोखिम मोलेर भएपनि सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक बैक
पुग्नुपर्ने समस्या थियो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले प्रत्येक आर्थिक वर्षको
श्रावण र भाद्र महिना मसान्त भित्रमा सम्बन्धित वडा कार्यालयमा आफै
उपस्थिति भई आफ्नो परिचयपत्र नविकरण गर्नुपर्दछ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि जारी गरी सोही अनुसार यो
कार्यक्रम सञ्चालन भइ रहेको छ ।
सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्ष
(श्रावण देखि आषाढ मसान्त सम्म) को मंसिर १५ भित्र सम्बन्धित गाउँपालिका
वा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल महिला,
अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन
पाइन्छ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?