Logo

वर्ष २०७८ लाई विदा गरि नयाँ वर्ष २०७९ लाई स्वागत

Samachar Rekhanews ३० चैत्र २०७८, बुधबार २२:५३ मा प्रकाशित

रबिना बस्नेत
अबको केही समयपछि मात्रै नयाँ वर्ष २०७९ शुरु हुने भएको छ
नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने नेपालीहरुको प्रचलन रहेको छ । यस दिन हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् ।
सूर्य ग्रहले वर्षभरीमा बाह्रराशिको परिक्रमा गर्दछ । बाह्रराशिमा ३६० डिग्री हुन्छ । सूर्यले वर्षदिनमा ३६० डिग्रीको यात्रा सिध्याएर पुनः शून्य डिग्रीबाट अर्को वर्षको लागि यात्रा तय गर्ने दिनलाई मेषार्क अथवा बैशाख संक्रान्ति भनिन्छ । यही दिनलाई विक्रम संवतको नया“ वर्ष मानिन्छ ।
पुरानो वर्षलाई विदा गरि नया“ वर्ष २०७९ लाई देश विदेशमा बस्ने नेपालीहरुले एक–आपसमा शुभकामना आदान–प्रदान गरी स्वागत गर्न लागेका छन् ।
नयाँ वर्षको अवसरमा बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको विद्वनहरुको भनाई छ ।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।
हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।
नयाँ वर्षको पहिलो दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
नयाँ वर्ष २०७९ को पावन अवसरमा हाम्रा समस्त ग्राहकवर्ग, विज्ञापनदाता, शुभचिन्तक लगायत सम्पूर्ण नेपालीको सु–स्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?