
नेपालगन्ज, साउन ३२ । बाँके युनेस्को क्लबले बाल विवाह न्युनिकरणका लागि बर्दियाको राजापुर नगरपालिकामा रहेका च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गरेको छ ।
क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत बाल विवाह न्युनिकरणका लागि चेतना फैलाउने अभियानमा लागेका च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गरिएको हो ।
बर्दियाको गुलरिया, राजापुर, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका १६० जना च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गर्ने योजना अनुसार राजापुरका ३० जना युवालाई टी शर्ट वितरण गरेर वितरण कार्यको शुभारम्भ गरिएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
उहाँले ती युवाले नगरपालिका क्षेत्र भित्रका आमा समुह, सहकारी समुह, महिला समुह लगायतका विभिन्न समहुहरुमा पुगेर वाल विवाह न्युनिकरणका लागि अभिमुखिकरण गर्ने बताउनुभयो ।
राजापुर नगरपालिकामा आयोजना गरिएको एक कार्यक्रममा क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, सल्लाहकार सिराज खान र कार्यकारी निर्देशक रवि तुलाधरले युवालाई टी शर्ट वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै क्लबका कार्यकारी निर्देशक तुलाधरले यो टी शर्टले वाल विवाह रोकथाममा लागेका युवाको पहिचान दिनुका साथै उनिहरुको जिम्मेवारी समेतलाई निरन्तर बोध गराउने बताउनुभयो ।
उहाँले च्याम्पियन अफ चेन्जका युवाले समाजमा वालविवाह लगायतका कुरुतीहरुलाई रोक्न अहम भूमिका निर्वाह गर्नुपर्ने पनि बताउनुभयो ।
बर्दियाका चारवटा पालिकाका १६० जना युवाले १२ सय भन्दा बढीलाई बाल विवाह रोकथाम र न्युनिकरणका बारेमा अभिमुखिकरण गर्ने क्लबका संरक्षक सिद्दिकीले बताउनुभयो ।
चारवटै पालिकाका ती १६० जना युवाले यस अघि वालविवाह रोकथाम, लैंगिक रुपान्तरण लगायतका कानुनी तथा नितिगत विषयमा दुई दिने क्षमता अभिबृद्धि तालिम लिई सकेका छन् ।
सो वितरण कार्यक्रममा परियोजनाका फिल्ड अफिसर जनकराम थारु र फिल्ड सुपरभाइजर संजिता रिजालको पनि सहभागिता रहेको थियो ।