Logo

विकासप्रेमी मेयर राणाले गरे एक महिनाको तलब भत्ता कसौंधन वैश्य समाज लाई हस्तान्तरण ।

Samachar Rekhanews २२ माघ २०७८, शनिबार १९:४३ मा प्रकाशित

नेपालगञ्ज-नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित कौशधन वैश्य समाजलाई तलबभत्ता सहयोग गर्नुभएको छ ।

नगर प्रमुखमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गर्नुभएका नगर प्रमुख राणाले शनिबार वैश्य समाजमा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपिया कसौंधन बैश्य समाज समितिका अध्यक्ष नन्द लाल बैश्य लाई हस्तान्तरण गर्नुभयो ।

यो भन्दा ठूलो सार्वजनिक पदमा पुगे पनि मैले राज्यको पैसा मेरो जिवनमा नलिने बताउनु भयो सो अवसरमा नगर प्रमुख राणाले आफ्नो सुविधा सामाजिक संघ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताउनुभयो ।

उहाँले कसौंधन बैश्य समाज लाई आपसी सहयोग, सामाजिक सदभाव र सेवामा समर्पित समाजले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एउटा विशेष महत्व राख्ने सामाजिक कार्यलाइ सहारा बन्दै आईरहेको समाज र कसौंधन बैश्य समाज अगुवा बैश्यले नेपालगञ्जको नगर प्रमुखमा डा. राणा निर्वाचित भएपछि विकास निर्माणले गति लिएको बताउनुभयो ।

उक्त कसौंधन बैश्य समाजको उथानको लागि सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ऋषि राज देवकोटा राप्रपा वडा नम्बर ३ इकाई अध्यक्ष अमन गुप्ता ,कसौंधन बैश्य युवा मञ्चका अध्यक्ष आदित्य गुप्ता र कसौंधन बैश्य समाज उपाध्यक्ष निखिल बैश्य र महिला मञ्च अध्यक्ष सीता बैश्य लगाएत पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?