Logo

विदेशमा सिकेको सिप नेपालमा सदुपयोग गरौंः मन्त्री अथक

Samachar Rekhanews २१ श्रावण २०७९, शनिबार २१:५० मा प्रकाशित

२१, साउन, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले युवा जनशक्तीलाई नेपालमै रोक्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय युवाहरु बिदेशिने क्रम बढीरहेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरीरहेको बताउनुभएको हो ।
राष्ट्रिय युवा परिषद् अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार काठमाण्डौंमा आयोजना गरेको “बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अवस्था, समस्या र सम्भाब्यता” सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री अथकले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोगार र उत्पादनमा जोड्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले बिदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न युवाहरुलाई आग्रह समेत गर्नुभयो ।
विभिन्न कालखण्डमा परिस्थितिवस बिदेशिएका युवाहरुलाई स्वदेशमै फर्कने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री अथकले बिदेशमा सिकेको सिपलाई नेपालमै सदुपयोग गर्न युवाहरुलाई आग्रह गर्नुभएको हो ।
प्राकृतिक तथा भौगोलिक रुपमा नेपाल धेरै सम्भावना बोकेको मुलुक भएकाले यहाँको युवा जनशक्तिलाई नेपालकै बिकासमा लगाउनुपर्नेमा मन्त्री अथकको जोड थियो । राष्ट्रिय युवा परिषद र युवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फत युवाहरुको समग्र विकासमा राज्यले ठुलो लगानी गर्दै आईरहेको उहाँले बताउनुभयो ।
अध्ययन तथा रोजगारीको सिलसिलामा केही समय बिदेश बाहिर रहेका युवाहरुलाई स्वदेशमै एकत्रित गरी मन्त्रालयले उनिहरुको अनुभव र सिपलाई सदुपयोग गर्न बृहत्त युवा सम्मेलन मार्फत रणनैतिक योजना बनाउने तयारी गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, युवा अर्थशास्त्री डिपि ढकाल, युवा परिषद सम्बद्ध रिटर्नी युवा सञ्जालका पदाधिकारी लगायत विभिन्न देशबाट नेपाल फर्किएका युवाहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?