Logo

विद्यालयमा अनुपस्थित भए कारवाही गर्छु कोहलपुरका आन्दोलनरत शिक्षक-कर्मचारीलाई नगर प्रमुख आचार्यको चेतावनी।

Samachar Rekhanews २ असार २०८०, शनिबार २१:५४ मा प्रकाशित

बाँके ।आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले विद्यालयमा अनुपस्थित भए जागिरबाट निकाल्ने चेतावनी दिएका छन्।

आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलि (आइतबार) देखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेसँगै आचार्यले सो चेतावनी दिएका हुन् ।

आचार्यले विद्यालय अनुगमनका क्रममा विद्यालय बन्द गरिएको पाइएमा नगरपालिकाबाट प्रदान गरिएको सेवा सुविधा कटौती गरिने र नियमानुसार गयल कट्टी गरी कारवाही गरिने बताएका हुन् ।

उनले कोहलपुर नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु एवम् विद्यालय व्यवस्थापन समितिलाई नगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै आइतबार (भोली ३ गते) देखि अनिश्चितकालका लागि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?