Logo

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Samachar Rekhanews १३ जेष्ठ २०८०, शनिबार १०:१७ मा प्रकाशित

१३ जेठ, विराटनगर । विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

सनिवार जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै आज बिहानैदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो ।

प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?