Logo

विर्तामा हत्या गरिएको अवस्थामा युवकको शव फेला

Samachar Rekhanews १८ चैत्र २०८०, आईतवार १७:३५ मा प्रकाशित

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा एक जना युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय २०/२२ वर्षीय युवक अरबी खाँको हत्या गरिएको अवस्थामा आइतवार विहान १० बजेतिर शव फेला परेको हो ।घाटीमा हतियार प्रहार गरेर खाँको हत्या गरिएको डाँगीले बताउनुभयो। मृतक खाँको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ ।

घटनारातीको भएपनि प्रहरीले घटनाबारे विहानमात्रै थाहा पाएको थियो अरबी पूर्व वडाअध्यक्ष रन्जित खाँका नाती भएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डागिले जनाउनु भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?